रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने धम्की

काठमाडौं, ७ पुस – राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् राजधानीमा प्रचार–प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले यस्तो चेतावनी दिएका हुन मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निवार्चनमा सांसद चौधरीले प्रत्यासीलाई करिब २१ हजार मतान्तरले हराउँदै विजयी भएको जानकारी दिँदै भने,‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यबहार गर्दैछ, हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ, तत्काल रेशमको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस्, होईन भने निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्नेछ, र आन्दोलन हुनेछ।’उनले अघि थपे,‘रेशम चौधरीलाई फरार अभियूक्त आदी ईत्यादीले सम्बोधन गर्ने गरिएको छ, यसका बारेमा छानविन आयोगले सरकारलाई मधेशमा घटेका घट्नाको बारेमा छानविन गरेर प्रतिवेदन सरकारलाई बुझाईसकेको छ, त्यो प्रतिवेदन सरकारलाई सार्वजनिक गर्न समेत माँग गर्दछु।’त्यस्तै नव निर्वाचित सांसद रेशमकी धर्मपत्नि रञ्जिता चौधरीले मतगणना स्थलमा प्रहरी प्रशासनले थारु समुदायमाथि अत्याधिक दमन गरेको स्मरण गदाउँदै भनिन्,‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो, त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ, त्यो घट्ना सरकारले नै गराएको हो, सत्य तथ्य छानविनको लागि अझैपनि आग्रह गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?