एनपीएल–३ : जर्ज मुन्सेको रोमाञ्चक प्रदर्शनमा सुदूरपश्चिमले जित्यो उपाधी

लोकपथ
0
Shares

काठमाडौं । दुई सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपविजेता सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा रोमाञ्चक जित निकालेको छ ।

शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले सुदूरपश्चिमलाई १५६ रनको टार्गेट दिएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर जर्ज मुन्से र विनोद भण्डारीको साझेदारीमा जित हात पारेको हो ।

सुदूरपश्चिमले निर्धारित २० ओभरमा १३ ओभर ३ बलको क्षतिमा १५६ रनको टार्गेट सहजै पूरा गरेको थियो ।

मुन्सीले ४९ बलको क्षतिमा शतक पूरा गरेका थिए । उनले ५४ बलमा अविजित रहँदै १२५ रन जोडे । यता विनोद भण्डारीले २७ बलमा ३० रन बनाउन सफल भए ।

एनपीएलको पहिलो सिजनमा जनकपुर बोल्ट्ससँग फाइनल खेलेको सुदूरपश्चिम उपविजेता बनेको थियो । त्यस्तै दोस्रो सिजनमा लुम्बिनी लायन्ससँग फाइनल खेल्यो तर उपविजेता बन्यो । तेस्रो सिजनमा भने सुदूरपश्चिमले लुम्बिनीलाई जित फर्काएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?