एनपीएल फाइनल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको टार्गेट

लोकपथ
0
Shares

काठमाडौं । तेस्रो संस्करण अन्तर्गतको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको फाइनलमा साविक विजेता लुम्बिनी र साविक उपविजेता सुदूरपश्चिमबीच प्रतिष्पर्धा भएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १५५ रन बनायो ।

लुम्बिनी लायन्सका दिलिप नाथले सर्वाधिक ३१ बलमा ४० रन बनाउँदै अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?