सुर्खेत । दैलेखमा आज शनिबार बिहान बाबुले बन्चरो प्रहार गर्दा दुई सन्तानको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् ।
दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बिहान साढे ९ बजे अन्धाधुन्द बञ्चरो प्रहार गर्दा घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, बन्चरो प्रहारबाट ३५ वर्षीया श्रीमती मनीषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामी घाइते भएका छन् ।
उनले सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन जना सन्तानमाथि बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
बन्चरो प्रहरबाट गम्भीर घाइते भएका उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लु पु¥याइएको थियो । श्रीमती मनीषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको दैलेख प्रहरीले जनाएको छ ।
बन्चरो प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया