काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, विश्वकै तेस्रो प्रदूषित सहर बन्यो

लोकपथ
14
Shares

काठमाडौं । काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा तेस्रो स्थानमा पुगेको छ ।

वायु गुणस्तर अनुगमन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको हो ।

आईक्यूएयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८१ पुगेको छ । यो स्तरलाई अस्वस्थकर मानिन्छ ।

विश्वका प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको लाहोर पहिलो स्थानमा छ । लाहोरको एक्यूआई ३२७ मापन गरिएको छ। त्यस्तै, २६१ एक्यूआईसहित बंगलादेशको ढाका दोस्रो स्थानमा रहेको छ ।

यसैगरी, भारतको दिल्ली १७७ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १७० एक्यूआईसहित छैटौँ स्थानमा रहेका छन् ।

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेपछि सर्वसाधारणको स्वास्थ्यमा जोखिम बढेको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन आवश्यक देखिएको छ ।

वायु प्रदूषणका कारण बाहिरी वातावरणमा लामो समय बिताउँदा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले संवेदनशील समूहले विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?