काठमाडौं । एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर हुनेलाई १ कित्ताका दरले हकप्रद सेयर जारी गर्न लागेको हो ।
बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यसअनुसार मंसिर १० गतेसम्म सेयर कायम रहेका लगानीकर्ताले हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । यसबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ जुटाउनेछ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी थप वृद्धि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया