चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज भइरहेको एलिमिनेटर खेलमा चितवन राइनोजले टस जितेको छ ।

काठमान्डु गोर्खाजविरुद्ध टस जितेको चितवनले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् भने काठमान्डु गोर्खाजको नेतृत्व नियमित कप्तान करण केसीले गर्दैछन् ।

आजको खेलमा जित निकाल्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?