फास्ट ट्र्याकको महादेवटार सुरुङको आज ब्रेक थ्रु हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने

लोकपथ
49
Shares

बागमती । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको ब्रेक थ्रु कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन् ।

राष्ट्रपति पौडेल द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण गरेका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

महादेवटार सुरुङको ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति पौडेलको सहभागिता रहनेछ । साथै उनले द्रुतमार्गको निर्माण प्रगति र आयोजनाको अवस्थाबारे निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?