एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदै

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीलाई लक्षित गर्दै नेकपा (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

भेलामा सहभागी हुन पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख काठमाडौं आइपुगेका छन् ।

एमालेका उपमहासचिव लेखराज भट्टले भेलामा सहभागी हुन विभिन्न तहका नेताकार्यकर्ता काठमाडौं आइसकेको जानकारी दिएका हुन् ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल र शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय तहको निर्वाचनको तयारी, पार्टीको संगठनात्मक गतिविधि तथा चुनावी रणनीतिका विषयमा भेलामा छलफल हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?