एनपीएल : सुदूरपश्चिमविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच खेल भइरहेको छ ।

खेलमा साविक विजेता लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमले भने पहिले ब्याटिङ गर्ने भएको छ ।

लुम्बिनीले अघिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन ।

यता, सुदूरपश्चिमले भने टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा अविनाश बोहरा टोलीमा फर्किएका छन् । त्यस्तै, फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्सेले पहिलो रोजाइमा मौका पाएका छन् ।

स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेन आईएल टी–२० खेल्न यूएई गएपछि उनको स्थानमा आएका स्कटल्यान्डकै जर्ज मन्सेले पहिलो पटक पहिलो रोजाइमा खेल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?