वरुण वेभरेज प्रालि पुनः उत्कृष्ट करदातका रुपमा सम्मानित

लोकपथ
0
Shares

काठमाडौं । वरुण वेभरेज प्रालि फेरि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा नेपालमा पेप्सी कम्पनीका नामले परिचित वरुण वेभरेज प्रालि सम्मानित भएको हो ।

मंगलबार आन्तरिक राजश्व विभागमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वरुण वेभरेजलाई विशेष उद्योगमध्ये उच्च कर तिर्ने संस्थाको रुपमा सम्मानित गरेका हुन् ।

सो समारोहमा कम्पनीका तर्फबाट निर्देशक तथा चिफ फाइनान्स अफिसर सञ्जीव अरोरालाई सम्मानपत्र हस्तान्तरण गरियो ।

वरुण वेभरेज अहिले मात्र होइन यसअघि पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भइसकेको छ । यसअघि आर्थिक वर्ष २०७९–०८० को आय विवरणअनुसार राष्ट्रिय कर दिवस, २०८१ मा विशेष उद्योगतर्फ धेरै कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको थियो ।

त्यसो त सरकारले व्यक्तिगततर्फ र संस्थागत विभिन्न संस्थाहरुलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित गरेको छ ।

संस्थागततर्फ सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको छ । यसैगरी एकलौटी फर्ममध्ये उच्च आयकर तिर्ने थर्ड आई इन्टरनेशनल, वस्तु निर्यात कारोबारमा उच्च आयकर तिर्ने डाबर नेपाल प्रालि, आइटी सेवा निर्यातबाट उच्च आयकर तिर्ने इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल, कृषि तथा पुशपंक्षी उद्योगमा उच्च आयकर तिर्ने ओसीबी फुड्स एण्ड फिड्स प्रालि रहेको छ । यसैगरी बैंकिङ कारोबारबाट उच्च आयकर तिर्नेमा नबिल बैंक रहेको छ ।

यता स्वास्थ्य तथा शैक्षिक संस्थाबाट उच्च आयकर तिर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायबाट उच्च आयकर तिर्ने सीजी इम्पेक्स प्रालि, वार्षिक ५० करोडदेखि १०० करोडसम्म कारोबार गर्ने करदातामध्ये उच्च आयकर तिर्ने फुड एण्ड बिभरेज टेक्नोलोजी, उर्जा उद्योगबाट उच्च आयकर तिर्ने भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स कारोबारबाट उच्च आयकर तिर्ने आईएमई लिमिटेड, समयमै र नियमित बढी मूल्य अभिवृद्धि कर तिर्ने (२०७७ साउनदेखि २०८३ असारसम्म), वार्षिक ५० करोडसम्म कारोबार गर्नेमा उच्च आयकर तिर्नेमा इम्पेरियल सेक्युरिटिज लिमिटेड, विशेष उद्योगतर्फ वरुण वेभरेज प्रालि, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेशन प्रालि, निर्जीबन बीमातर्फ शिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेड रहेका छन् । यसैगरी लघुवित्त कम्पनीमा उच्च आयकर तिर्नेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् भने व्यक्तिगततर्फ उच्च आयकर तिर्नेमा राजबहादुर शाह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?