एमालेको स्थायी कमिटी बैठक भोलि, राष्ट्रिय भेलाको तयारी मुख्य एजेण्डा

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्नेछ ।

एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्दैछ । उक्त भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।

राष्ट्रिय भेलाबारे एमालेले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । एमालेका अनुसार भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् ।

भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहनेछ ।

एमालेले राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी गर्ने तथा पार्टीको वैचारिक र संगठनात्मक एकता बलियो बनाउने अवसरका रूपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?