परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

लोकपथ
0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच सोमबार शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नयाँ जिम्मेवारी पाएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा नेपाल र भारतबीचको सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो । साथै, दुई देशबीच रहँदै आएको मित्रता र सहकार्यलाई अझ बलियो बनाउने विषयमा पनि कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?