सर्लाही । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई भेटेका छन् ।
सोमबार उनी सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुर पुगेर मृतकका परिवारसँग भेट गरेका हुन् ।
भेटका क्रममा सभामुख अर्यालले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे ।
उनले आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक कडा कदम चालिने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया