काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध सेतो हेरोइनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको लागुऔषध ब्यूरोको टोलीले थाइल्याण्डबाट नेपाल आएका ५५ वर्षीय रेवाराज टिघारे रहेका छन् ।
भारतको महाराष्ट्र पुने स्थायी ठेगाना भएका उनले आफूले ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइ साढे ५ केजी सेतो हेरोइन ल्याएका थिए ।
यसअघि पनि नेपाल आएर लागूऔषध कारोबार गरेको आशंका गरिएका उनको साथबाट ५.५ केजी अर्थात् २२ करोड मूल्य बराबरको सेतो हेरोइन बरामद गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार उक्त सेतो हेरोइन भारत पुगेपछि भारतीय बजारमा थप महंगो पर्न सक्ने बताइएको छ ।

उनको यो पहिलो नेपाल भ्रमण भने होइन । यसअघि सन् २०२५ नोभेम्बर ४ र २०२६ फेब्रुअरी २६ मा लाओसबाट हवाइ मार्गबाट नेपाल आइ स्थल मार्गबाट भारतसम्म लागुऔषध पुर्याएका थिए । उनले लाओससहित जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडिया समेतको भ्रमण गरेको खुल्न आएको छ ।
एसपी रेग्मीका अनुसार उनी लागूऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
मेडिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद भएका उनीमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
उनको साथबाट सेतो हेरोइनका साथै एक थान पासपोर्ट र एक थान मोबाइल समेत बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया