भायानेटले सुरु गर्‍यो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा

लोकपथ
0
Shares

काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई छिटो प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ ।

कम्पनीका अनुसार यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता भएका इन्टरनेटसम्बन्धी समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्य राखिएको छ ।

ग्राहकको समस्या हेरेर कम्पनीले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोलीलाई ग्राहकको घरमै पठाएर समस्या समाधान गर्ने जनाएको छ ।

यस सेवाले इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई कम गर्ने कम्पनीको विश्वास छ । साथै, ग्राहकलाई छिटो, सहज र भरपर्दो सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

प्राविधिक सहयोग आवश्यक परे ग्राहकले भायानेटको सपोर्ट नम्बर ०१-५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन् । कम्पनीले यस सेवामा नियम तथा सर्त लागू हुने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?