काठमाडौं । नेपालको जनकपुरधामदेखि भारतको अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ ।
भारतीय रेल मन्त्रालयले जनकपुरधामदेखि अयोध्यासम्म रेल चलाउन स्वीकृति दिएको हो । धार्मिक पर्यटन बढाउने, दुई देशबीचको सम्बन्ध बलियो बनाउने र यात्रालाई सहज बनाउने उद्देश्यले यो सेवा सञ्चालन गर्न लागिएको हो ।
यो रेलले जनकपुरधामदेखि अयोध्यासम्म ६०४ किलोमिटर दूरी तय गर्नेछ । हरेक शनिबार जनकपुरधामबाट रेल छुट्नेछ भने सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि फर्कने समयतालिका बनाइएको छ ।
रेलले भारतका बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ । जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा यात्रु चढ्न र ओर्लन पाउनेछन् ।
यो सेवा सञ्चालन भएपछि धार्मिक यात्रामा जाने तीर्थयात्री, पर्यटक, विद्यार्थी तथा व्यापारिक र पारिवारिक कामले नेपाल–भारत आवतजावत गर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया