काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा राज्यकोषबाट कुनै खर्च नहुने बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको २० सदस्यीय टोलीको सम्पूर्ण खर्च चीनले नै व्यहोर्ने उनले स्पष्ट पारे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले भ्रमणका लागि नेपालको सरकारी रकम खर्च नहुने बताए ।
उनले पार्टीका सांसदहरूले विदेश भ्रमणबारे उठाएका प्रश्नलाई विरोधका रूपमा लिन नहुने पनि बताए । सांसदहरूले भ्रमणको औचित्य, राज्यकोषको रकम खर्च भए–नभएको र भ्रमणमा सहभागी हुने व्यक्तिहरू उपयुक्त छन् कि छैनन् भन्ने विषयमा चासो राखेको उनको भनाइ थियो ।
आचार्यले सांसदहरूले उठाएका प्रश्नलाई भ्रमणको पारदर्शिता र औचित्यसँग जोडेर बुझ्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया