बंगालको खाडीमा विकसित हुँदै चक्रवाती प्रणाली, आँधीको खतरा

लोकपथ
0
Shares

काठमाडौं । बंगालको खाडीमा चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ ।

भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दक्षिणपूर्वी बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै गएको छ । यो प्रणाली सोमबार साँझसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने अनुमान गरिएको छ ।

विभागका अनुसार शुक्रबार बिहान दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेको थियो । उक्त प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ ।

यो प्रणाली शनिबारसम्म शक्तिशाली बन्दै गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुन सक्नेछ । त्यसपछि आइतबार बिहानसम्म डिप्रेसनमा परिणत हुने र सोमबार साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधी बन्न सक्ने मौसम विभागको अनुमान छ ।

मौसम विभागका अनुसार मध्य अण्डमान सागर र आसपासका अण्डमान–निकोबार द्वीपसमूहमा विकसित मौसमी प्रणालीका कारण बंगालको खाडीमा यस्तो गतिविधि देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?