राप्रपा महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा पाठक

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनका लागि तयारीमा जुटेको छ ।

राप्रपाले महाधिवेशनलाई लक्षित गरेर केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिको सदस्यसचिवमा जनकराज पाठकलाई जिम्मेवारी दिएको छ ।

राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रहेका पाठकलाई अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवारी दिएका हुन् ।

राप्रपाको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरिएको छ । सोही समितिको सदस्यसचिवमा पाठकलाई मनोनयन गरिएको हो ।

‘…मोहनकुमार श्रेष्ठको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिमा तपाईँलाई सदस्यसचिव पदमा मनोनयन गर्रिको व्यहोरा जानकारी गर्दछु । तोकिएको कार्य सफलतापूर्वक गर्नुहुनेछ भन्ने विश्वासका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ जिम्मेवारी दिइएको पत्रमा भनिएको छ ।

राप्रपाको आगामी केन्द्रीय महाधिवेशन २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?