काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् ।
दीपावलीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले ओभल अफिसमा दीप बालेर समारोहको सुरुवात गरेका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार कार्यक्रममा अमेरिकाका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, सेलिब्रिटी सेफ विकास खन्ना, उद्यमी विशाल गोन्डल, आईबीएमका प्रमुख कार्यकारी अधिकृत अरविन्द कृष्ण, एफबीआई निर्देशक काश पटेललगायत सहभागी थिए ।
त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र सोसल सेक्युरिटी एडमिनिस्ट्रेसनका उपआयुक्त अर्जुन मोदी पनि समारोहमा उपस्थित थिए ।
कार्यक्रमका क्रममा भारतीय प्रविधि उद्यमी विशाल गोन्डलले राष्ट्रपति ट्रम्पलाई हनुमान चालिसाको एक प्रति उपहार दिएका थिए । उनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।
डीडी न्युजका अनुसार ह्वाइट हाउसमा दीपावली मनाउने परम्परा सन् २००३ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा सुरु भएको थियो । सुरुमा आइजनहावर एक्जुकेटिभ अफिस बिल्डिङमा कार्यक्रम आयोजना गरिन्थ्यो ।
त्यसपछि सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउसको इस्ट रुममा आयोजित दीपावली समारोहमा दीप प्रज्वलन गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया