पिकअप र मोटरसाइकल ठोक्किँदा २७ वर्षीय युवकको ज्यान गयो

लोकपथ
861
Shares

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ हटियाका २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार राति ८ः४५ बजे हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको वाग्मती प्रदेश ०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक पाण्डेको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते उनलाई प्रहरी टोलीले उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पताल पुर्‍याएको थियो ।

अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?