काठमाडौं । नेपाली कांग्रेसले बाढी प्रभावित जिल्लाहरुमा न्यानो कपडा अभियान चलाउने भएको छ ।
जाडो बढ्दा स्थायी बासको प्रबन्ध नभएका बाढी प्रभावितहरुका लागि कांग्रेसले ‘न्यानो कपडा अभियान’ चलाउने भएको हो ।
आज बसेको कांग्रेस पदाधिकारी, संसदीय दलका नेता, भोटेकोशी बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, सांसद तथा जिल्ला सभापति लगायतको बैठकले सो निर्णय गरेको हो ।
बैठकले बाढीका कारण प्रभावितहरुको मानसिक स्वास्थ्यमा परेको असरबारे ख्याल गर्दै ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ समेत चलाउने भएको हो ।
यसैगरी कांग्रेसले छठ पर्व लगत्तै बाढी प्रभावित तीन वटै जिल्लाको गाउँ बस्ती अवलोकन र अन्तक्र्रिया गर्ने साथै पुनस्थापना र पुननिर्माणका लागि लिनुपर्ने पहलकदमी लिने समेत कांग्रेसले जनाएको छ ।
‘तीन वटै जिल्लाका प्रभावित गाउँरवस्तीमा गएर अवलोकन तथा अन्तरक्रिया गर्ने । तत्पश्चात पार्टीले पुनस्थापना, पुनर्निर्माणका लागि लिनु पर्ने पहलकदमी निर्धारण गर्ने,’ कांग्रेसले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया