काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिर पुगेका हुन् ।
मन्दिरमा उनले विधिपूर्वक पूजाअर्चना गरी पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए ।
मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया