दिल्ली र लाहोरमा वायु प्रदूषण उच्च, जनस्वास्थ्यमा जोखिम

लोकपथ
21
Shares

काठमाडौं । उत्तर भारत र पाकिस्तानका केही क्षेत्रमा वायु प्रदूषण बढेको छ । मंगलबार भारतको राजधानी दिल्ली र पाकिस्तानको लाहोरमा वायु प्रदूषणको स्तर निकै उच्च देखिएको हो ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीको वायु गुणस्तर सूचकांक ९एक्यूआई० ३३२ पुगेको छ । यो ‘अति खराब’ श्रेणीमा पर्छ ।

त्यस्तै, आईक्यूएयरका अनुसार पाकिस्तानको लाहोरमा एक्यूआई ४४७ पुगेको छ । त्यहाँ हावामा रहेको पीएम २।५ नामक मसिना धुलोका कणको मात्रा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले तोकेको मापदण्डभन्दा ६० गुणा बढी रहेको छ ।

वर्षको यस समयमा उत्तर भारत र पाकिस्तानका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्ने गर्छ । सवारीसाधनबाट निस्कने धुवाँ, निर्माण कार्य र खेतमा पराल जलाउँदा प्रदूषण बढ्ने गरेको छ । चिसो मौसम र बाक्लो हावाका कारण प्रदूषित कण बाहिर निस्कन नपाउँदा वातावरणमा धुवाँ र तुवाँलोको बाक्लो तह बन्ने गर्छ ।

यसले स्थानीय बासिन्दामा श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने जोखिम बढाएको छ ।

दिल्लीमा प्रदूषण नियन्त्रण गर्न धेरै धुवाँ फाल्ने सवारीसाधन र निर्माण गतिविधिमा प्रतिबन्ध लगाइएको छ । तर, नोभेम्बर ८ मा मनाइने दीपावलीका क्रममा पटका पड्काउँदा प्रदूषण अझै बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

भारतको सर्वोच्च अदालतले दीपावलीमा कम प्रदूषण गर्ने पटका मात्र पड्काउन अनुमति दिएको छ । तर, सञ्चारमाध्यमका अनुसार बजारमा भने सबै प्रकारका पटका बिक्री भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?