४० लाखमुनिको नामी भिगो ई–२ मा ग्राहकको आकर्षण, साढे दुई महिनामै १ हजार ८ सय बिक्री

लोकपथ
35
Shares

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) को माग बढ्दै जाँदा ४० लाख रुपैयाँभन्दा कम मूल्यको नामी भिगो ई-२ ग्राहकको रोजाइमा पर्न थालेको छ ।

ठूलो आकार, आकर्षक डिजाइन र आधुनिक सुविधासहित बजारमा आएको यो गाडीले छोटो समयमै ग्राहकको ध्यान खिच्न सफल भएको हो ।

नेपाली बजारमा आएको करिब साढे दुई महिनामै १ हजार ८ सयभन्दा बढी गाडी बिक्री भएको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले जनाएको छ ।

चीनको सरकारी स्वामित्वमा रहेको अटोमोबाइल कम्पनी दोङफेङ मोटर कर्पोरेसनले उत्पादन गरेको नामी भिगो ई–२ विशेषगरी कम बजेटमा एसयूभी खोज्ने ग्राहकका लागि विकल्प बनेको छ ।

कम्पनीले नाडा अटो शोका क्रममा विशेष मूल्यमा बुकिङ खुलाएपछि यस गाडीप्रति ग्राहकको आकर्षण बढेको हो ।

यस गाडीमा ५१.८७ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ४३० किलोमिटरसम्म रेन्ज दिन्छ । त्यस्तै, ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले १६० न्युटन मिटर टर्क उत्पादन गर्छ ।

गाडीमा थ्रीसी फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध छ । डीसी फास्ट चार्जरको प्रयोगबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म छिटो चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

सुविधाका हिसाबले पनि नामी भिगो ई–२ मा विभिन्न आधुनिक प्रविधि समावेश छन् । यसमा १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले र ३६० डिग्री क्यामेरा उपलब्ध छन् ।

त्यस्तै, भ्वाइस कन्ट्रोल, ५० वाटको वायरलेस चार्जर, हिटेड तथा भेन्टिलेटेड सिट र एम्बियन्ट लाइटिङ सिस्टमले यात्रालाई थप आरामदायी बनाउँछन् ।

सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग राखिएको छ । यसका साथै एबीएस, इबीए, अटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल र ट्र्याक्सन कन्ट्रोलजस्ता सुविधा पनि समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?