काठमाडौं । काठमाडौंको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आज बिहान काठमाडौं महानगरपालिका-७ स्थित चाबहिल ओरालोमा गोपीकृष्ण पुलबाट चाबहिल चोकतर्फ आउँदै गरेको बाप्र ०२-०५३-१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएकामा उनलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनामा संलग्न बस र चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले नियन्त्रणमा लिई अनुसन्धान थालेकाे उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया