काठमाडौं । टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङलाई अझ प्रभावकारी बनाउन विशेष तालिम कार्यक्रम सुरु भएको छ ।
नेपालका लागि टाटा जेनुइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा ‘टाटा बीएस–६ तालिम’ सञ्चालन गरेका हुन् ।
यो तालिम कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । देशका १४ स्थानमा आयोजना हुने तालिममा हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, इटहरी, नारायणघाट, पोखरा, भैरहवा, वीरगञ्जलगायत क्षेत्रका प्राविधिक सहभागी हुनेछन् ।
तालिममा टाटा कमर्सियल गाडी मर्मत गर्ने प्राविधिक तथा इलेक्ट्रिसियनलाई आधुनिक सवारी प्रविधि र बीएस–६ प्रविधिबारे जानकारी दिइनेछ ।
प्रशिक्षणमा गाडीको ब्याट्री, विद्युतीय प्रणाली, तार तथा सर्किट जाँच, मल्टिमिटरको प्रयोग, स्टार्टिङ र चार्जिङ सिस्टमबारे सिकाइनेछ । साथै, इन्जिन सञ्चालनमा सहयोग गर्ने सेन्सर, ईसीयू र एक्टुएटरले कसरी काम गर्छन् भन्ने विषयमा पनि व्यावहारिक ज्ञान दिइनेछ ।
त्यस्तै, गाडीबाट निस्कने धुवाँ र प्रदूषण नियन्त्रण गर्ने प्रणाली, त्यसका पार्टपुर्जा, समस्या पहिचान गर्ने तरिका र आधुनिक डायग्नोस्टिक उपकरणको प्रयोगबारे समेत प्रशिक्षण दिइनेछ ।
यस तालिमबाट प्राविधिकहरूले गाडीमा आउने समस्या छिटो पत्ता लगाउन र सही तरिकाले मर्मत गर्न सक्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया