एथरको ‘अपग्रेड फेस्टिभल’ सुरु, स्कुटर किन्दा १ लाख रुपैयाँसम्म क्यासब्याक

लोकपथ
21
Shares

काठमाडौं । नेपालमा एथर विद्युतीय स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि.ले ग्राहकका लागि ‘एथर अपग्रेड फेस्टिभल’ ल्याएको छ।

कम्पनीका अनुसार हिजो (कात्तिक १५) देखि २२ गतेसम्म सञ्चालन हुने यस अफरमा एथरका नयाँ विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

यो अफर देशभरका एथर एक्सपिरियन्स सेन्टरमा उपलब्ध हुनेछ । ग्राहकले काठमाडौं उपत्यकासहित पोखरा, चितवन, विराटनगर, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी लगायतका सहरमा रहेका एथरका शोरुमबाट सेवा लिन सक्नेछन् ।

एथरका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल र म्याजिक ट्विस्टजस्ता आधुनिक सुविधा छन् । कम्पनीले लागू हुने सर्तअनुसार ब्याट्रीमा आठ वर्षसम्मको वारेन्टी पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीका अनुसार यस अभियानको मुख्य उद्देश्य ग्राहकलाई आधुनिक प्रविधि र सुविधासहितको विद्युतीय स्कुटर प्रयोग गर्न प्रोत्साहित गर्नु हो ।

एथरको नयाँ स्कुटर खरिद गर्न इच्छुक ग्राहकले नजिकैको एथर एक्सपिरियन्स सेन्टरमा पुगेर उपलब्ध मोडेल, क्यासब्याक र अफरका सर्तबारे जानकारी लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?