काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका सामग्री निर्माता नेपाल आएका हुन् ।
उनीहरूले नेपालका प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, हिमाल, साहसिक पर्यटन र स्थानीय जीवनशैली समेटिएका भिडियो बनाउनेछन् ।
ती भिडियो टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्याइनेछ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार उनीहरूले काठमाडौं, पोखरा, चितवन र बर्दियाका पर्यटकीय स्थलको भिडियो तथा सामग्री तयार गर्नेछन् ।
यस अभियानबाट नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र धेरै विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया