काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि काठमाडौंका तीन स्थान तय गरिएको छ ।
महाधिवेशन खुलामञ्चमा हुनेछ भने सहभागीहरूका लागि भृकुटीमण्डपको बगैँचा क्षेत्रमा खानाको व्यवस्था गरिनेछ । त्यस्तै, मतदान राष्ट्रियसभा गृहमा हुनेछ ।
आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने संस्थापन इतर समूहको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया