काठमाडौं । नेपाल नेत्रज्योति संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १६ लाख ३३ हजार एक रुपैयाँ सहयोग गरेको छ ।
सङ्घले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
संघका अनुसार हस्तान्तरण गरिएको रकममध्ये संघको तर्फबाट एक लाख आठ हजार ४०१ रुपैयाँ र अन्तर्राष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेशनलबाट १५ लाख २४ हजार ६०० रुपैयाँ प्राप्त भएको हो ।
यसअघि पनि सङ्घले उक्त कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ रुपैयाँ सहयोग जम्मा गरिसकेको जनाएको छ ।
थप सहयोगसँगै नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो सहयोगलाई निरन्तरता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया