प्रतिकूल मौसमका कारण ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ को मिति सर्‍यो, अब कार्तिक २८ गते हुने

लोकपथ
21
Shares

काठमाडौं । प्रतिकूल मौसमका कारण सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न लागेको ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ को मिति परिवर्तन गरिएको छ ।

कार्तिक १४ गते शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्ने तय भएको प्रतियोगिता अब कार्तिक २८ गते शनिबार हुने भएको कम्पनीले जनाएको छ । प्रतियोगिता पूर्वनिर्धारित स्थान गोकर्ण फरेस्ट रिसोर्टमै सञ्चालन हुनेछ ।

हालै देशका विभिन्न भागमा देखिएको प्रतिकूल मौसम र त्यसले प्रतियोगितामा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै मिति परिवर्तन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

मिति परिवर्तनका कारण सहभागी तथा खेलप्रेमीमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।

प्रतियोगिताप्रति खेलप्रेमीहरूले देखाएको उत्साह, चासो र सहयोगप्रति आभार व्यक्त गर्दै कम्पनीले नयाँ मितिमा पनि सबैको सक्रिय सहभागिता र निरन्तर साथको अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?