काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपालको सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको हो । यससँगै बजार लगातार तीन दिनदेखि ओरालो लागेको छ ।
बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । आज ३४८ कम्पनीका २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा कुल ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
आज कारोबार भएका कम्पनीमध्ये १०२ वटाको सेयर मूल्य बढेको छ भने १६९ वटाको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
समूहगत रूपमा हेर्दा विकास बैंक समूह सबैभन्दा धेरै १.६१ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूह पनि बढेका छन् । बाँकी सबै समूहका उपसूचक घटेका छन् ।
आज बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, स्वाबलम्बन लघुवित्तको सेयर मूल्य १२.११ प्रतिशतले उकालो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया