काठमाडौं । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्नो इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधन बजाज विगोमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
‘चाडपर्वको बहार, विगोमा ५० हजार’ नारासहित ल्याइएको योजनामा ग्राहकले नयाँ विगो खरिद गर्दा ५० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत पुरानो सवारीसाधन साटेर नयाँ बजाज विगो खरिद गर्ने ग्राहकले थप ३० हजार रुपैयाँसम्मको मूल्याङ्कन सुविधा पाउने छन् ।
कम्पनीले बजाज विगोमा ६ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ । साथै, ग्राहकले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत फाइनान्स सुविधा लिन सक्नेछन् । उक्त सुविधाअन्तर्गत खरिदकर्ताले ३६ महिनासम्म किस्ताबन्दीमा रकम भुक्तानी गर्न सक्ने व्यवस्था छ ।
प्राविधिक पक्षमा बजाज विगोमा शक्तिशाली इलेक्ट्रिक मोटर र लिथियम आयन एलएफपी ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यो सवारीसाधनले करिब १३० देखि १४० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
यसमा इको तथा पावर मोड, रिजनरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्टजस्ता सुविधासमेत समावेश छन् । कम सञ्चालन खर्च र यात्रामा सहजतालाई प्राथमिकता दिइएको विगो व्यावसायिक प्रयोजनका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।
चाडपर्वको अवसरमा सार्वजनिक गरिएको यस योजनाले इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधन खरिद गर्न चाहने व्यवसायी तथा ग्राहकलाई छुट, वारेन्टी र किस्ताबन्दी सुविधासहित नयाँ विकल्प उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया