लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, शेयरधनीले ५ प्रतिशत बोनस पाउने

लोकपथ
63
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीका आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित लाभांशअनुसार शेयरधनीले ५ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन् भने बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।

यद्यपि, बैंकले घोषणा गरेको लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । साथै, बैंकको आगामी वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्रै शेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?