काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले पार्टीप्रति जनताको आकर्षण पुनः फर्काउन एकता, अनुशासन र सही राजनीतिक कार्यदिशा आवश्यक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले कार्यकर्तामा उत्साह भर्न र जनतामा पार्टीप्रतिको आकर्षण बढाउन सक्रियतापूर्वक लाग्न निर्देशन दिएका हुन् ।
कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनीत इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया