हिमपर्वत हाइड्रोपावरको आईपीओ खुल्यो

लोकपथ
28
Shares

काठमाडौं । हिमपर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले आफ्नो जारी पुँजीको ३५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर छुट्याएको छ ।

त्यस्तै, कम्पनीका कर्मचारीका लागि १ लाख २६ हजार ७५० कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ११ हजार २५० कित्ता सेयर छुट्याइएको छ । बाँकी ३४ लाख ६४ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

आयोजना प्रभावित स्थानीय बासिन्दाले कात्तिक २५ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले कात्तिक १६ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?