काठमाडौं। शेयर बजारमा झिनो सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.९४ अंकले बढेर २६ सय ३० दशमलव ७६ बिन्दुमा अडिएको छ ।
उत्पादन तथा प्रशोधन, म्युच्युअल फण्ड र अन्य समुहको उपसूचक बढ्दा जलविद्युय समुहको उपसूचक १.६५ प्रतिशत बढेको छ । बाँकी सबै उपसूचकहरू घटेका छन् ।
नेप्सेसँगै यसदिन कारोबार पनि बढेको छ । आज ३६० वटा कम्पनीको १ करोड ३३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजो ३४१ वटा कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर ४ अर्ब २४ लाख २१ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज १३५ वटा कम्पनीको शेयर बढेको छ भने १३६ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
यसदिन बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको शेयर मूल्य सर्वाधिक १४.९९ र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयर मूल्य १२.०९ प्रतिशतले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया