काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२ चालक कारबाहीमा परेका छन् । त्यस्तै, सीसी क्यामरामार्फत ३९ र रातो बत्ती उल्लङ्घन गर्ने २० चालकलाई कारबाही गरिएको छ ।
तीव्र गतिमा सवारी चलाउने ५७, हर्न निषेधको नियम उल्लङ्घन गर्ने आठ र लेन अनुशासन पालना नगर्ने तीन सवारीसाधनका चालक पनि कारबाहीमा परेका छन् ।
यसैगरी, सवारीसाधनको अवस्था ठीक नभएका दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको जानकारी दिए ।
ट्राफिक प्रहरीले चाडपर्वका बेला सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमको पालना गराउन नियम उल्लङ्घन गर्ने चालकको निगरानी बढाउँदै कारबाहीलाई तीव्रता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया