बुटवल । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा नयाँ स्कुटर टीभीएस एन्टर्क १५० सार्वजनिक गरेको छ । चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसरमा आयोजित कार्यक्रममा स्कुटर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा लाइभ संगीतसँगै टीभीएस एन्टर्क १५० को डिजाइन र क्षमताबारे जानकारी दिइएको थियो । कार्यक्रममा टीभीएसका पारखी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर तथा अन्य अतिथिको उपस्थिति थियो ।
स्कुटरको औपचारिक अनावरण जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपाने, बिजनेस डेभलपमेन्ट हेड धनीराम भुसाल तथा बुटवलस्थित टीभीएसका प्रतिनिधिहरू विशाल जैसवाल र अभिनव थापाले संयुक्त रूपमा गरेका थिए। कम्पनीले नयाँ स्कुटरको सार्वजनिकसँगै पश्चिम नेपालमा एन्टर्क ब्रान्डको उपस्थिति थप बलियो हुने विश्वास व्यक्त गरेको छ ।
टीभीएस एन्टर्क १५० मा १४९.७ सीसी क्षमताको एयर कुल्ड, थ्री–भल्भ इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ७ हजार आरपीएममा १३।२ पीएस पावर र ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार स्कुटरले ६.३ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा छ ।
स्टेल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइनमा तयार गरिएको स्कुटरमा मल्टिप्वाइन्ट प्रोजेक्टर हेडल्याम्प, एरोडायनामिक विङ्लेट्स, जेटप्रेरित भेन्ट्स, रंगीन एलोय ह्विल, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार र विशेष टेलल्याम्प राखिएको छ। यसको स्पोर्टी लुक र विशिष्ट मफलरको आवाजले रेसिङ शैलीलाई झल्काउने कम्पनीको भनाइ छ ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपानेले टीभीएस एन्टर्कले उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र आकर्षक डिजाइनका कारण युवा राइडरमाझ छुट्टै पहिचान बनाएको बताए ।
एन्टर्क १५० को आगमनसँगै स्कुटरको प्रदर्शन र प्रविधिलाई थप उन्नत बनाउने दिशामा कम्पनी अघि बढेको उनको भनाइ थियो । बुटवलमा विपुल क्षेत्रीको कन्सर्टसँगै स्कुटर सार्वजनिक गर्न पाउँदा उत्साहित रहेको उल्लेख गर्दै उनले संगीत, युवा पुस्ताको जोश र उच्च प्रदर्शनको संयोजनले कार्यक्रमलाई विशेष बनाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया