काठमाडौं । अधिकांश नेपालीका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्दै घर फर्कने र परिवार तथा आफन्तसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ ।
यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज बनाउन सहयोग गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
अभियान सुरु भएदेखि नै सयौँ सहभागी फ्लाइट तथा बस टिकट भौचरका विजेता बनिसकेका छन् । अझै पनि सहभागी भएर टिकट जित्ने र परिवारसँग दशैँ मनाउन घर फर्कने अवसर रहेको कम्पनीले जनाएको छ ।
भदौ १८ देखि कात्तिक २९ गतेसम्म अर्थात् सेप्टेम्बर ३ देखि नोभेम्बर १५, २०२६ सम्म लागू हुने योजनामा सहभागी हुन दशैँ विशेष २.२५ लिटर र १.५ लिटर कोक, स्प्राइट तथा फ्यान्टाका पेट बोतलमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । क्यूआर कोड स्क्यान गरी वेबसाइटमार्फत रजिस्टर गरेपछि सहभागीले फ्लाइट तथा बस टिकट भौचर जित्ने अवसर प्राप्त गर्नेछन् ।
कोका–कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनालेले दशैँमा टाढा रहेका परिवार र आफन्त एकै ठाउँमा भेला हुने भएकाले घर फर्कनु नेपालीका लागि विशेष अर्थ राख्ने बताए ।
उनले भने, ‘दशैँ भनेको प्रायः टाढा रहेका परिवार र आफन्तहरू एकै ठाउँमा भेला हुने समय हो । नेपालीहरूका लागि दशैँमा घर फर्कनु र परिवारसँग समय बिताउनु कति धेरै अर्थपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौँ । ‘भरौँ खुसी’ मार्फत हामी यिनै भेटघाटहरूलाई सहज बनाउन सहयोग गरिरहेका छौँ ।’
अभियानअन्तर्गत विशेष टेलिभिजन विज्ञापनसमेत प्रसारण भइरहेको छ । विज्ञापनमा कोका–कोलाका ब्रान्ड एम्बेसेडरद्वय प्रदीप खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको छ ।
विज्ञापनमा दशैँमा घर फर्कंदा हुने व्यग्र प्रतीक्षा र परिवारसँग पुनर्मिलन हुँदाका आत्मीय क्षणलाई भावनात्मक तथा कलात्मक रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
काम, पढाइ तथा अन्य कारणले गृहजिल्लाभन्दा टाढा बस्दै आएका नेपालीका लागि दशैँ परिवारसँगै हुने महत्वपूर्ण अवसर हो । ‘भरौँ खुसी’ अभियानले परिवारसँगको भेटघाटको महत्त्वलाई उजागर गर्दै वर्षमा एकपटक आउने महान् चाड दशैँ आफ्ना प्रियजनसँग मनाउन घर फर्कने प्रयासलाई प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया