कांग्रेसको महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन् ।

महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरिन् ।

गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा निर्वाचन भएको हो ।

महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको मतगणना जारी रहँदा विभिन्न पदको परिणाम सार्वजनिक भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?