एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य

लोकपथ
21
Shares

काठमाडौं । एनएमबी बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्न र्‍यापिड टेक प्रालिसँग सहकार्य गरेको छ । बैंकले ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा यससम्बन्धी सम्झौता गरेको हो ।

यस सहकार्यअन्तर्गत ग्राहकले आफूले दैनिक प्रयोग गर्दै आएका व्यावसायिक सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा लिन सक्नेछन् ।

सम्झौतापछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नै बैंकिङ प्रणालीबाट रकम भुक्तानी, हिसाब मिलान तथा अन्य बैंकिङ कारोबार गर्न सक्नेछन् ।

त्यस्तै, साना तथा मझौला व्यवसायीले पनि व्यापारिक केन्द्र र विभिन्न डिजिटल प्लेटफर्ममार्फत छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

निकट भविष्यमा सञ्चालनमा आउने यस सुविधाले बैंकिङ कारोबारका लागि छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम गर्ने, ग्राहकको समय बचत गर्ने र वित्तीय कारोबारलाई थप सहज बनाउने बैंकको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?