काठमाडौं । कुमारी बैंकले ५ हजार २५४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूका लागि उक्त शेयर खरिद गर्ने अवसर खुला गरेको हो ।
बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले ३५ दिने सूचना जारी गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता बैंककै विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैंकले हालका संस्थापक शेयरधनीलाई शेयर खरिद गर्न आग्रह गरेको छ ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल, नक्सालको नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालयमा पुग्ने गरी बुझाउनुपर्नेछ ।
बैंकका अनुसार शेयरको बिक्री मूल्य विक्रेताले नै तोक्नेछन् । तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति, सर्वसाधारण वा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया