काठमाडौं । बूढानिलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरी घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुली घर भइ हाल काठमाडौं बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन् ।
गत बिहीबार विद्यालयको प्राङ्गणमा दाहालले सोही विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका थिए ।
प्रधानाध्यापकमाथि कुटपिट गर्ने दाहालले सोही विद्यालयमा कार्यरत शिक्षिकालाई समेत अशोभनीय व्यवहार गरेको खुल्न आएको छ । दाहालले सिन्धुलीको दुधौली नगरपालिका–१ घर भइ हाल काठमाडौंको कपन बस्ने ध्रुव घिमिरेको निर्देशनमा कुटपिट गरेको खुल्न आएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षको विषयमा दुई पक्षबिच मनमुटावको अवस्था रहेको बुझिएको छ ।
पक्राउ परेका दाहाल जनप्रतिनिधिका छोरा हुन् भने दाहाल विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया