कांग्रेस मतगणना : प्रदीपले २६ सय कटाउँदा गुरुराजको ९२०, उपसभापति र महामन्त्रीमा कसको कति ?

लोकपथ
0
Shares

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मतगणना जारी छ ।

अहिले पार्टी कार्यालय सानेपामा मत उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना जारी रहेको हो ।

जारी मतगणना अनुसार महामन्त्रीको खुलामा प्रदीप पौडेलले अग्रता कायम गरेका छन् । निवर्तमान महामन्त्री समेत रहेका पौडेलले २ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् । अर्का निवर्तमान महामन्त्री गुरुराज घिमिरे भने निकै पछि परेका छन् । उनले ९ सय २० मत प्राप्त गरेका छन् ।

खुलातर्फ प्रदीपले अग्रस्थान बनाउँदा दोस्रोमा उदयशमशेर राणा रहेका छन् । राणाले १ हजार ४ सय ९१ मत प्राप्त गरेका छन् । यता तेस्रोमा सुनिल शर्मा रहेका छन्, उनले १ हजार ३ सय ८७ मत प्राप्त गरेका छन् ।

यसैगरी उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले अग्रता कायम गरेका छन् । उनले खुलाबाट २ हजार ३ सय ४३ मत प्राप्त गर्दा अर्का उम्मेदवार ई. मधु आचार्य १ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।

कसको मत कति ?

४६०० मत गणनाअनुसार मत परिणाम ।
( उपसभापति खुल्ला तर्फ
डा. चन्द्रकान्त भण्डारी २३४३
ई. मधु आचार्य १४४१
गोविन्द भट्टराई १२१९
सुरेन्द्रराज पाण्डे ११५०
दीपक गिरी ६३८
धनराज गुरुङ १०५३
प्रा.डा. चन्द्र मोहन यादव ३८७

समावेशी १ पद
बिनोद कुमार चौधरी ११४५
जीवन परियार ११०७
फरमुल्लाह मंसुर ६३७
सीता गुरुङ ७४९
रंजीत कर्ण ३५२

महामन्त्री खुला तर्फ
प्रदिप पौडेल २६५७
अमरसिंह पुन मगर ९२९
उदय शम्शेर राणा १४९१
डा. सुनिलकुमार शर्मा १३८७
गुरुराज घिमिरे ९२०
नैन सिंह महर ६६८
शंकर तिवारी ८८ डा सन्तोष उपाध्याय ७२

महामन्त्री महिला १ पद
डा. डिला संग्रौला (पन्त) २०३७
महालक्ष्मी उपाध्याय (डिना) १८३८
रीता खनाल ४६६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?