पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस आज बिहान पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्किंदै गर्दा ओख्लेभीर भन्ने स्थानमा दुर्घटना भएको थियो । ग२ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार तीन जना बालिका, एक बालक र एक स्थानीयको मृत्यु भएको हो । मृतकमध्ये चार जनाको सनाखत भइसकेको छ भने एक जनाको बाँकी छ ।
सनाखत हुनेहरुमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय सुवेच्छा तिवारी छन् । अर्का एकजना मृतक अन्दाजी १५ वर्षीय किशोरीको परिचय खुल्न बाँकी छ ।
प्रहरीका अनुसार, कुल १७ जनामध्ये पाँच जनालाई मृत अवस्थामा अस्पताल लगिएको थियो । बाँकी १२ जनाको उपचार जारी छ । १६ वर्षीया अस्मी कँडेल आईसीयूमा उपचाररत छिन् ।
अन्य घाइतेहरुमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया