काठमाडौं । काठमाडौंको बूढानिलकण्ठबाट ठूलो परिमाणमा सुन बरामद भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बूढालिनकण्ठ क्षेत्रबाट २१ केजी सुनसहित केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का आफैँ फिल्डमा खटिएका थिए । बिहीबार करिब ५ घण्टाको अपरेशनपछि सुनसहित केही व्यक्तिहरु पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरु चिनियाँ नागरिक रहेको बुझिएको छ, यद्यपि अहिलेसम्म कार्यालयले कुनै जानकारी गराएको छैन ।
त्यसबारेमा जानकारी दिन शुक्रबार दिउँसो कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया