काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान शुक्रबारसम्मका लागि सरेको छ ।
आज बिहान ७ बजेका लागि मतदान हुने भनिएको थियो । तर आन्तरिक तयारी भन्दै बिहान १० बजेसम्मका लागि मतदानको मिति सारियो, त्यसपछि पुनः दिउँसो १ बजेसम्मका लागि सारिएको थियो ।
मतपत्र नआइपुगेको भन्दै त्यसपछि २ अनि त्यसपछि पुनः साढे २ हुँदै अन्ततः शुक्रबार बिहान ७ बजेसम्मका लागि मतदानको समय सारिएको निर्वाचन समितिले जनाएको छ ।
अन्य तयारी भए पनि पदाधिकारीमा ठूलो संख्यामा नेताहरुको आकांक्षा देखिएका कारण नेताहरुको व्यवस्थापनका लागि निर्वाचनको मिति सारिएको बुझिएको छ । त्यसो त सभापति गगन थापाले धेरै नेताहरु प्रतिष्पर्धाबाट बाहिरिने भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
सभापतिमा गगन र श्यामकृष्णको प्रतिष्पर्धा
वर्तमान सभापति एवं १५औँ महाधिवेशनका सभापतिका उम्मेदवार गगन थापालाई सर्वसम्मत हुन अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले रोकेका छन् । उनले आफ्नो उम्मेदवारी कायम राख्दै आफू प्रतिष्पर्धा गर्ने अडान कायम राखिरहेका छन् । त्यसो त किशोरसिंह राठोरले भने आफ्नो उम्मेदवारी झिकेर गगनलाई नै समर्थन गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया